Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चुनावी प्रचारको चटके शैली : ऋषि धमला सबैभन्दा अघि

राष्ट्र आवाज by राष्ट्र आवाज
January 23, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
चुनावी प्रचारको चटके शैली : ऋषि धमला सबैभन्दा अघि
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 माघ ९  – मनोनयन दर्ता सकिएसँगै उम्मेदवारहरू चुनावी प्रचारमा सक्रिय देखिन थालेका छन्। कोही पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् भने कतिपय उम्मेदवार वर्षौँपछि मतदातामाझ देखा परेका छन्। नेता र कार्यकर्ता भोट माग्दै गाउँबस्ती पस्न थालेपछि चुनावी माहोल तातिँदै गएको छ।

यसपटक उम्मेदवारहरूको प्रचार शैली भने फरक र चटके देखिन थालेको छ। अघिल्ला चुनावमा खेतबारीमै पुगेर धान काट्ने, मकै गोड्ने, गोठमा गएर गाईभैंसी दुहुनेजस्ता दृश्य देखिएका थिए। तर अहिले त्यस्तो सिजन नभएकाले उम्मेदवारहरूले सडक र सामाजिक सञ्जाललाई प्रचारको मुख्य माध्यम बनाएका छन्।

चुनावी प्रचारको चटके शैलीमा आम जनता पार्टीका उम्मेदवार ऋषि धमला अगाडि देखिएका छन्। रौतहट–४ बाट उम्मेदवारी दिएका पूर्वपत्रकार धमलाले पत्रकारिताकालकै चटपटे शैली अपनाउँदै मतदातालाई हँसाइरहेका छन्। कहिले होटलमा जुलेबी बनाउन खोज्दै त कहिले काठ मिलमा सिकर्मी बनेजस्तो अभिनय गर्दै उनी प्रचारमा व्यस्त छन्। काठ चिर्ने क्रममा असिनपसिन भएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। साइकल चढेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘दशैँमा मामाघर गएर रमाइलो गरेजस्तो’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

नुवाकोट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अच्युतम लामिछानेको प्रचार शैली पनि चर्चामा छ। गलामा फूलको माला, पछाडि राष्ट्रिय झण्डा ओढेर सडकमा भेटिने जो–कोहीलाई टाढैबाट हात उठाउँदै ‘छोरो आयो, नाति आयो’ भन्दै ढोग्ने उनको शैलीले मतदाता चकित भएका छन्। सडकमै लम्पसार परेर ढोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कतिपयले उनलाई ‘नयाँ जोगी’को संज्ञा दिएका छन्।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महाविर पुनको प्रचार शैली भने अलि फरक छ। उनी फेसबुकमार्फत आफ्नो आगमनको सूचना दिएर किताब बोकेर प्रचारमा निस्किन्छन्। भेला भएका मतदातालाई उनी भन्छन्, ‘भोट दिन मन लागे दिनु, नलागे नदिनु, तर मेरो किताब चाहिँ किनिदिनु।’ यही शैलीले उनीप्रति चासो बढ्दै गएको छ।

यसैबीच, रुकुम पूर्वबाट उम्मेदवारी दिएका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनोनयन दर्ताका दिन मयुर नाच नाच्दै प्रचारको सुरुआत गरेका छन्। यसअघि यही क्षेत्रमा जनार्दन शर्माले देखाएको शैली पछ्याउँदै प्रचण्डले पनि नाचगानमार्फत मतदाता आकर्षित गर्न खोजेको देखिन्छ।

चुनावी प्रचारको सुरुआत मात्रै भएकाले आगामी दिनमा उम्मेदवारहरूका यस्ता नाचगान, ढोगभेट र चटके गतिविधि अझै बढ्दै जाने अनुमान गरिएको छ।

Previous Post

पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने

Next Post

सिमरा विमानस्थलमा सभापति थापाको भव्य स्वागत

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सिमरा विमानस्थलमा सभापति थापाको भव्य स्वागत

सिमरा विमानस्थलमा सभापति थापाको भव्य स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l