Friday, February 6, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

टेस्ट क्रिकेटमा भारतकाे अहिलेसम्मकै ठूलाे हार, दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

राष्ट्र आवाज by राष्ट्र आवाज
November 26, 2025
in खेलकुद, समाचार
0
टेस्ट क्रिकेटमा भारतकाे अहिलेसम्मकै ठूलाे हार, दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

भारतसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले ‘क्लीन स्वीप’ गरेको छ । गुवाहिटीमा भएको टेस्टमा घरेलु टोली भारतलाई ४ सय ८ रनले हराउँदै दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको हो ।

टेस्ट क्रिकेटमा रनकाे हिसाबले भारतको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि सन् २००४ मा नागपुरमा अस्ट्रेलियाले भारतलाई ३ सय ४२ रनले हराएको थियो ।

यस्तै रनको हिसाबले दक्षिण अफ्रिकाको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०१८ मा जोहनेसबर्गमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ४ सय ९२ रनले हराएको थियो ।

यस्तै दक्षिण अफ्रिकाले भारतमा दोस्रो टेस्ट शृङ्खला जितेको हो । याेभन्दा पहिलाे २५ वर्षअघि सन् २००० मा दक्षिण अफ्रिकाले २–० ले क्लिन स्वीप गरेको थियो ।

यस्तै भारतले घरेलु मैदानमा दुई वर्षमा दुई वटा टेस्ट शृङ्खला गुमाएको छ । गएको वर्ष भारत न्युजिल्यान्डसँग ३–० ले पराजित भएको थियाे ।

दक्षिण अफ्रिकाले दिएको ५ सय ४९ रनको लक्ष्य पछ्याएको भारत दोस्रो पारीमा पाँचौं दिनको चिया समयपछि १ सय ४० रन बनाउँदा अलआउट भयो । भारतका रविन्द्र जडेजाले सबैभन्दा धेरै ५४ रन बनाए । दक्षिण अफ्रिकाका सिमोन हार्मरले ६ विकेट लिए ।

दक्षिण अफ्रिकाले दोस्रो पारीमा ५ विकेट गुमाएर २ सय ६० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब्सले ९४ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ विकेट लिए ।

यसअघि गुवाहिटीको बरसपारा क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका सेनुरन मुथुस्वामीले १ सय ९, मार्काे यान्सेनले ९३ रन बनाए । भारतका कुलदीप यादवले ४ विकेट लिए ।

भारत पहिलो पारीमा २ सय १ रनमा अलआउट भएको थियो । भारतका यशस्वी जैसवालले सबैभन्दा धेरै ५८ रन बनाए । दक्षिण अफ्रिकाका मार्काे यान्सेनले ६ विकेट लिए ।

पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ३० रनले हराएको थियो । अब भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय र पाँच खेलको टी–२० शृङ्खला शुरू हुनेछ ।

Previous Post

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्

Next Post

निजामती प्रशासन जति चुस्त भयो, मुलुकको सुशासनको स्तर त्यति नै माथि जान्छ : मुख्यसचिव अर्याल

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
निजामती प्रशासन जति चुस्त भयो, मुलुकको सुशासनको स्तर त्यति नै माथि जान्छ : मुख्यसचिव अर्याल

निजामती प्रशासन जति चुस्त भयो, मुलुकको सुशासनको स्तर त्यति नै माथि जान्छ : मुख्यसचिव अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l