Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मधेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै असन्तुष्टि, कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन

राष्ट्र आवाज by राष्ट्र आवाज
November 10, 2025
in समाचार
0
मधेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै असन्तुष्टि, कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बिहान उपचारका लागि काठमाण्डौ जान भन्दै जनकपुरबाट निस्कनुभएकी प्रदेश प्रमुख भण्डारीले बर्दिबासको एक होटलमा यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको सम्भावना हुँदाहुँदै प्रदेश प्रमुखले उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेर गलत गरेको एमाले प्रदेशसभाकै सांसदहरुले बताएका छन् । कांग्रेस लगायतका अरु दलहरुले पनि यसमा आपत्ती जनाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिनुभएको छ ।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई समेत मन्त्रिपरिषदमा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले सरकारबाट फिर्ता हुन निर्देशन दिनुभएको हो । उहाँले निर्देशन पालना नगरे कारबाही हुने चेतावनी दिनुभएको छ । एमालेबाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेका थिए ।

यसअघि प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाण्डौ जानुभएको र आफूले स्वास्थ्य लाभको कामना गरेको निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले बताउनुभएको थियो । तर लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो । निवर्तनमा मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने भएपछि अस्ति शनिबार पदबाट राजीनामा दिनुभएको थियो ।

Previous Post

यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली

Next Post

पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l