असोज १२ – महान पर्व दशैंको अवसरमा फुलपाती कार्यक्रम यही असोज १३ गते (सोमवार) वीरगन्जस्थित गहवामाई मन्दिरमा भव्य रूपमा आयोजना गरिँदैछ।

कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, धार्मिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ। आयोजक समितिले सबैलाई यस पावन अवसरमा सहभागी भई परम्परागत संस्कृतिलाई जोगाउँदै कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन आह्वान गरेको छ।
फुलपाती बढाई पर्वलाई आस्था र संस्कृतिसँग जोडेर मनाउने चलन रहेकाले वीरगन्जवासी मात्र नभई आसपासका जिल्लाबाट समेत ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थितिको अपेक्षा गरिएको छ।

