Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जेनजीले शान्तिपूर्ण भनेको आन्दोलन कसरी भाँडियो, कसरी गर्यो संसद भवन आगजनी ?

राष्ट्र आवाज by राष्ट्र आवाज
September 8, 2025
in समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
जेनजीले शान्तिपूर्ण भनेको आन्दोलन कसरी भाँडियो, कसरी गर्यो संसद भवन आगजनी ?
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३ – जेनजीको आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ।प्रदर्शनकारीको तर्फबाट गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरिएको थियो।

तर, प्रहरीले तत्काल निभाएको प्रहरीले हो। त्यसअघि प्रहरीले आफूसँग वाटर क्यानल पनि संसद भवनभन्दा निकै टाढा राखेको छ।

अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ भने प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत गरेका छन्। अहिले स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ भने यसअघि प्रहरीले गोली समेत चलाएको छ।

सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध कलेजको ड्रेसमै शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बन्यो। केही प्रदर्शनकारी सोही अनुसार कलेज ड्रेसमै विरोध प्रदर्शनस्थल पुगेका थिए।

अहिलेसम्म भने कर्फ्यु जारी भएको र आन्दोलनमा घुसपैठ भएको भन्दै जेनजीले आन्दोलनकारीहरूलाई घर फर्किन आह्वान गरिसकेको छ।

कसले गर्यो घुसपैठ ?

हातमा राष्ट्रिय झन्डा, मुखमा मास्क अनि हेलमेट लगाएकाहरू केही प्रदर्शनकारी संसद् भवनको पश्चिम गेटमा पुगेर गेटमा रहेको एकतले भवनको छतमा चढेका थिए। तल रहेकाहरूले भित्र भवनभित्रै आगो लगाइदिएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो। हो, त्यसपछि आन्दोलन हिंसात्मक बन्यो।

प्रहरीले गोली चलाउन बाध्य बन्नुपर्यो। प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन्। नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ भने कान्तिपुर टिभीका श्याम श्रेष्ठ पनि घाइते भएका छन्।

Previous Post

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

Next Post

जेनजी प्रदर्शन अपडेट: एक जना प्रदर्शनकारीकाे मृत्युपछि नयाँबानेश्वर तनावग्रस्त

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जेनजी प्रदर्शन अपडेट: एक जना प्रदर्शनकारीकाे मृत्युपछि नयाँबानेश्वर तनावग्रस्त

जेनजी प्रदर्शन अपडेट: एक जना प्रदर्शनकारीकाे मृत्युपछि नयाँबानेश्वर तनावग्रस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l