Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

लाल सागरमा समुद्रमुनिकाे तार काटिँदा एशिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

राष्ट्र आवाज by राष्ट्र आवाज
September 7, 2025
in विश्व
0
लाल सागरमा समुद्रमुनिकाे तार काटिँदा एशिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

लाल सागरमा समुद्रमुनिको तार काटिँदा एशिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले बताएका छन् । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियान अन्तर्गत तारहरूलाई लक्षित गरेको आशङ्का गरेको समाचार संस्था एपीले जनाएको छ ।

यसलाई गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाव दिने प्रयासका रूपमा व्याख्या गरिएको छ । यद्यपि हुथीहरूले भने यसअघि यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गर्दै आएका छन् ।

स्याटेलाइट जडान र भूमिगत तारहरूसँगै समुद्रमुनिका तारहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन् जसले कुनै एक असफल भएमा त्यसको प्रवाहलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ ।

माइक्रोसफ्टले आफ्नो अवस्था वेबसाइटमार्फत सार्वजनिक गर्दै लाल सागरमा समुद्रमुनि तार काटिएका कारण समस्या हुनसक्ने बताएको छ । अमेरिकाकाे वाशिङ्गटनको एक कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्वबाहेकको अरू ठाउँको इन्टरनेट सेवा भने प्रभावित नभएको स्पष्ट पारेको खबरमा उल्लेख छ ।

Previous Post

बुवाको नाममा मास्टर डिग्री परीक्षा दिन खोज्दा नक्कली परीक्षार्थी पक्राउ

Next Post

देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l