भदौ २२ – वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षा दिँदै गरेको अवस्थामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका २५ वर्षीय छोरा महमद अफताब रहेका छन्।
पर्सा प्रहरीका अनुसार अफताबले आफ्नै बुवाको नाममा परीक्षा दिन खोज्दा परीक्षाकक्षमै रंगेहात पक्राउ परेका हुन्। साहबुद्धिन र उनका छोरा अफताब वीरगन्ज महानगरपालिका-३ छपकैयाका बासिन्दा हुन्।
जारी स्नातकोत्तर तहको ‘नेपाल पोल्टीकल एण्ड कल्चर’ विषयको परीक्षा दिँदै गर्दा उनी पक्राउ परेको डीएसपी लम्सालले बताए । पक्राउ परेका आफताबका बुवा मोहम्मद कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति हुन् ।
प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

