राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार हुन निवेदन दिएका आवेदकहरुसँग छलफल गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा उनीहरुसँग दिउँसो १ बजेदेखि छफल चलेको हो।
छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्यले गरेका छन् भने छलफलको प्रवेक्षण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
रास्वपाको उम्मेदवार बन्न सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन्।

