Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

६ दिनदेखि बेपत्ता दाजु बहिनीको शव भेटियो, प्रहरी घटनास्थलमा

राष्ट्र आवाज by राष्ट्र आवाज
August 5, 2025
in समाचार
0
६ दिनदेखि बेपत्ता दाजु बहिनीको शव भेटियो, प्रहरी घटनास्थलमा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पाँचथरमा ६ दिनदेखि बेपत्ता एकै घरका दुई बालबालिकाको शव फेला परेको छ।

याङवरक गाउँपालिका-१ च्याङथापुबाट यही साउन १५ गतेदेखि हराइरहेका स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र चार वर्षीया छोरी नानुमा राईको शव फेला परेको हो।

‘मंगलबार बिहान स्थानीय बिरुवा खोला बगरमा उनीहरुको शव भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक रुपेश तामाङले नेपालखबरसँग भने, ‘हामी थप अनुसन्धानकै क्रममा छौँ। प्रहरी टोली घटनास्थलमा पुगेको छ।’

उनले आज बिहान नौ बजे घरबाट झण्डै सात किमी टाढा बिरुवा खोला बगरमा दाजु बहिनीको शव भेटिएको जानकारी दिए।

तामाङका नुसार दुईसय मिटरको फरकमा उनीहरुको शव भेटिएको हो। घटनास्थलमा अहिले जिप्रकाबाट प्रहरी निरीक्षक खेमराज घिमिरेको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ।

शुक्रबार घरबाटै बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधि खटिएका थिए।

बालबालिका हराएको साँझदेखि नै जंगल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरिएको थियो।

साविक च्याङथापु १ र ८ को सीमा भएर बग्ने विरुवा खोलामा बालबालिकाको शव भेटिएको याङवरक १ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए।

उनीहरुको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

ठोरीका सामुदायिक विद्यालयमा फेरि पनि निराशाजनक नतिजा, कक्षा १२ मा मात्र २४.४७% विद्यार्थी उत्तीर्ण

Next Post

बागमती कांग्रेसमा फेरि मन्त्री भागबन्डामा विवाद, शपथलगत्तै देउवा निवास जाँदै बानियाँ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बागमती कांग्रेसमा फेरि मन्त्री भागबन्डामा विवाद, शपथलगत्तै देउवा निवास जाँदै बानियाँ

बागमती कांग्रेसमा फेरि मन्त्री भागबन्डामा विवाद, शपथलगत्तै देउवा निवास जाँदै बानियाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l