मिसन मेयर २०८४ नारा संगै नेता यादवको पहलमा कृषि सडक निर्माण ।
अभियानको शुरुआत
बहुदरामाइ नपा,पर्सा
बहुदरामाइ नपा वार्ड न.२ को टोल सिसियाडीमा नेपाली कांग्रेसका युवा नेता राकेश यादवको पहलमा कृषि सडक निर्माण कार्य सम्पन्न हुने भएको छ। बहुदरमाइ नपा र वार्ड को वार्डा अध्यक्ष समेतको उपेक्षामा परेको उक्त टोलमा यो कृषि सडकले स्थानीयलाई आवत जावतको लागि सजिलो भएको छ सानै बजेट भए पनि सही ठाउँमा प्रयोग कारण स्थानीयहरु हर्षित भएका छन। स्थानीय जनक यादवका अनुसार नपा र वार्डले अहिले सम्म हाम्रो टोलमा न्यून बजेट खर्च मात्र गरेको ले हाम्रो बिकास निर्माण गति लिन सकेको छैन तर अहिले यो सडकले हाम्रो खेती पाती,घर निर्माण पनि सहयोग भएको छ।नेपाली कांग्रेस पर्सामा नेपाल विद्यार्थी संघ स्कुल इकाईवाट राजनीति यात्रा शुरुआत गरेका युवा नेता राकेश यादव पार्टीवाट उपेक्षामा पर्दै आएका छन मेयर मिसन २०८४ अभियान लिएर हिडेका यादव अहिले स्थानीय जनता संगको भेटघाटमा दैनिक जसो ब्यस्त रहेका छन स्थानीयको गुनासो अनुसार सहयोग गर्दै हिडेका छन। नपा रहेको स्कुलमा ब्याग बितरण,स्वास्थ शिबिर लगायतका अभियानका साथ अझ ससक्त भइ जनसेवामा सरिक हुने भनी जानकारी गराए।