गठबन्धनले बेलुकासम्म महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने
गठबन्धनले बेलुकासम्म महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने
काठमाडौँ । सत्ता गठबन्धनले बेलुकासम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने भएको हो ।
देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् । देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर उपमहानगरको टुंगो भोलि बेलुकासम्म लगाउने सहमति भएको जनाइएको छ । स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागबण्डा गर्न समस्या भएको हो ।
गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयका अनुसार बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय समेत बैठकमा भएको छ । कार्यदलले बाँडफाँटका विषयमा आवश्यक निर्णय गरिसकेपछि उक्त निर्णय शीर्ष नेताहरुलाई पेस गरि टुंग्याइने गठबन्धनका नेताहरुले बताएका छन् ।