बित्तिय परामर्श तालिम सुरु

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) पर्सा सदस्य सेवा कार्यालय को आयोजनामा आज, चैत्र १३ र १४ गते बित्तिय परामर्श तालिम सुरु भएकाे छ ।
बित्तिय परामर्श तालिम विषयमा सहकारी संस्थाका पदाधिकारी व्यवस्थापन मार्फत सदस्यहरूमा वित्तिय व्यवस्थापन गर्ने सीप प्रदान गर्ने विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरेको छ।
तालिममा बारा र पर्सा जिल्ला अन्तर्गतका विभिन्न २६ सहकारी संस्थाबाट ३१ जनाको सहभागिता रहेको छ ।
तालिम समय सापेक्षा रहेको र तालिमले नयाँ कुराको सिकाई भएको भन्दै सहभागी प्रतिनिधिहरुले तालिम सहजिकरण विधि प्रभावकारी रहेको बताउनुभएको छ ।
कार्यक्रम सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको छ भने समग्र व्यवस्थापन तथा संचालन पर्सा सदस्य सेवा कार्यालय ईन्चार्ज दिपेन्द्र साह र का. सहायक लालु कुमार यादवले गर्नुभएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close