वीरगंजमा पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन सफल बनाउन छलफल सम्पन्न

वीरगंज, ५ माघ । पुर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहको नागरिक अभिनन्दन कार्यक्रम वीरगंज हुने भएको छ ।

ज्ञानेन्द्रको सवरी ब्यवस्थापन मुल समिति बिरगंजले यहीँ माघ १३ गते शनिबारको दिन नागरिक अभिनन्दन कार्यक्रम हुनेभएको जनाएको छ ।

आज बिरगंज स्थित माइस्थान अतिथि सदनको सभा हलमा आयोजित छलफल कार्यक्रममा सवरी ब्यवस्थापन मुल समितिका जिल्ला संयोजक राजेश कुमार पटेलले जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रेहेको लाल बंगलामा पुर्व राजाको नागरिक अचिनन्दन कार्याक्रम रहेको बताउनुभयो ।

कार्यक्रमलाई सफल बनाउन मुल समारोह समिति अन्र्तगत नगर र गाउँबाट बृहतजन परिचालन गरि सहभागी गर्ने गराउने विषयमा छलफल भएको संयोजक पटेलले बताए । छलफल कार्यक्रमका प्रमुख अतिथि नवराज ढकाल, अतिथि मधुकार समशेर राण, राम बाबु साह, सुरेश साह, अफताब आलम, प्रदिप पटेल, अजिता देवी लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close