जय गणेश सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

वीरगंज – अनुप यादब

जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंजको १४ औं बार्षिक साधारण सभा सोमबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा भएको साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष राजेश पंडितले गरेका थिए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पंडितले केहि सिमित व्यक्तिहरुले सहकारीलाई बदनाम गरेको आरोप लगाए । उनले पछिल्ला दिनहरुमा केहि समुहहरुले नियोजित रुपमै लागेर सहकारी बिरुद्ध भ्रम सृजना गरेको दावी गरे ।

सहकारीलाई राज्यले समेत चाहिने जति सहयोग नगरेको आरोप लगाउदै उनले सहकारी बिरुद्ध फैलाइएको भ्रमको पछि नलाग्न आग्रह समेत गरे । वित्तिय तरलता र विदेशी मुद्रा सञ्चितिमा कमी आएको अवस्थमा सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको उनको भनाई थियो ।संस्थाका प्रमुख कार्यकारी प्रबन्धक रामबाबु चौधरी कारोबार गरी यस वर्ष ३ लाख नाफा रहेको जनाए ।

संस्थाका अध्यक्ष ममता गुप्ताको अध्यक्षता सम्पन्न कार्याक्रमा सहकारी विकास बोर्डका पुर्व संचालक सदस्य शम्भु गुप्ता ,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पर्साका महाचसिव जिष्णु बराल,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पर्साका कोषध्यष नंग नारायाण सिंह ,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पर्साका लेखासमिति संयोजक राजेन्द्र प्रसाद जयसवाल, नेपाल बचत तथा ऋण सहकारी संघ ९नेफस्कुन० शाखा प्रमुख गौतम साह,सहकारी बैकका प्रबन्धक संजय महतो, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट नियमित बचतकर्ता सदस्य र उत्कृष्ट ऋणी सदस्य लाई संस्थाका अध्यक्ष ममता कुमारी गुप्ताले सम्मान समेत गरिएकी थिन । कार्यक्रमको सहजीकरण संचारकर्मी उज्जवल घिमिरेले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close