वडाध्यक्ष बिरेन्द्र यादवले ३ सय थान भन्दा बढी कम्बल वडा बासीलाई वितरण
केहि दिनदेखि तराई मधेसमा बढेको चिसोलाई मध्यनजर गर्दै पर्साका बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र यादवले आफ्ना वडाका जेष्ठ नगरिक , दलित , एकल महिला तथा बिपन्न वर्गलाई कम्बल बाड्नु भएको छ । चिसोबाट बच्नको लागी आफ्ना वडाका ३ सय भन्दा बढी लक्षित बर्गलाई कम्बल बाडिएको वडाध्यक्ष बिरेन्द्र यादवले जानाकरी दिनुभएको छ ।
वडाध्यक्ष यादवले आफूबाट हुने सबै किसिमको सहियो गरी चिसोबाट आफ्ना वडाका नागरिकलाई बचाउने बताउदै त्यही अनुसारको पूर्व तयारीमा जुटेको जानकारी दिनुभयो ।
उहाले नगरपालिकासंग समन्वय गरी आफ्ना वडाको ठाउँ ठाउँमा दाउरा बाल्ने प्रयार गरिरहेको बताउनुभयो । केहिदिन अगाडी यादवले आफ्ना वडामा रहेको प्राथमिक तहका बिद्यालयका विद्यार्थीलाई न्यानो स्विटर वितरण रनुभेको थियो । चिसोबाट बच्न आवस्यक सतर्कता अपनाउन समेत उहाले आग्रह गर्नुभएको छ ।
सो कार्यक्रम मा वडा सदस्य अलिहुसेन देवान,कपिलदेव राउत कुर्मी लागायत को उपस्थित रहेको थियो ।