नेपाल अपांग संघ पर्साको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न
पर्साको वीरगञ्ज स्थित गिता मन्दिर प्राङ्गणमा आज निशुल्क आँखा शिविर संचालन भएको छ । नेपाल अपांग संघ पर्साको आयोजनामा सम्पन्न भएको अँखा शिविरमा मार्टिका आई फाउन्डेसनको सहयोग रहेको थियो ।
नारायणी क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष धिरज गुप्ताको प्रमुख अतिथि तथा नेपाल अपांग संघ पर्साका अध्यक्ष सम्भु पासवानको अध्यक्षतामा भएको थियो । सो कार्यक्रम तुलसीको बोटमा पानी हाली प्रमुख अथिती गुप्ताले संचालन गराएका थिए भने कार्यक्रमको सुरु उहाँ कै आँखाको चेकजाँच गरि गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले नारायणी क्षेत्रीय अस्पतालले जनताको सेवाको लागि हरेक सुविधा थप्दै गएको बताए । अहिले नारायणी अस्पताललाई बिरामी उपचारको लागि पहिलो रोजाइमा राख्ने अस्पतालको रुपमा स्थापित गराउन लागि परेको बताए ।
अहिले अस्पताल अपांग मैत्री हुनुका साथै अपांग ब्यक्तीको सहयोग गर्न आफू २४ औ घन्टा तयारी अवस्थामा रहेको बताए । सो कार्यक्रममा अतिथिका रुपमा मदन गुप्ता, राजेश महतो, ओम कुमारी शर्माको उपस्तिथि रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य डा.पुरुसोतम दुवेले गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस