सहयात्रीको १६ औ वार्षिक साधारण सभा सम्पन्न

८ मंसिर ‚ वीरगन्ज

पर्सागढि नगरपालिका वर्डा नं. ४ मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को १६ औ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष गोमा कुमारी उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको छ ।

 

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नं २ का संघिय सांसद मा. अजयकुमार चौरसियाले संस्थाले अझै उन्नति प्रगति गरोस् भन्ने हाम्रो चाहना रहेको छ बताउनु भयो । संस्थाको ब्यवस्थापन राम्रो रहेकोले यस्तो संकटकालिन अवस्थामा आजसम्म यो संस्था संचालनमा रहेको र संचालक समितिका पदाधिकारीहरुले लगानी गर्दा ध्यान दिएर लगाउनु पर्नेमा जोड दिनु भयो ।

प्राय जसो सहकारी संचालकहरु अहिले सर्वसाधारणको पैसा लिएर भागिरहेका छन । त्यस मुख्य कारण नै राम्रो ठाउँमा लगानी नगर्नु ब्यवस्थापन समिति राम्रो नरहनु हो त्यसैले संस्था खोल्नु ठुलो कुरा होइन त्यसलाई चलाउनु ठुलो कुरा रहेको र सहयात्री सफल रहेकोमा बधाई समेत दिनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सभा सदस्य मा. श्याम प्रसाद पटेलले संसदीय बिकासको पैसा अदालतले चलाउन आदेश गरेमा यो संस्थाको निर्माणाधिन भवन बनाउन सक्दो सहयोग गर्ने मन्तब्य ब्यक्त गरेका थिए ।

त्यसैगरी अर्का बिशिष्ट अतिथि नगर प्रमुख गोकर्ण पाठक नगरपालिका भित्र रहेका सहकारी मध्ये यो सहकारी एक नम्बर स्थानमा रहेको छ । यो भन्दा पनि धेरै पुरानो सहकारी संस्थाहरु नगरपालिकामा छन् तर यस्तो व्यवस्थापन  नरहेको कारण आज सम्म प्रगति गरेको छैन । यस्तो प्रगति गरेको संस्था आफ्नो नगरपालिका भित्र रहेको छ भने हामी लाई पनि खुशि लाग्छ । त्यसैले नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका थिए ।

बचत तथा ऋण सहकारी संस्थाका छाता संगठन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडितले जिल्लामा नै नमुना रुपमा कार्य गर्दै आएको यो सहकारीको कार्य हेर्न अरु सहकारीलाई समेत बताउने गरेको भन्दै अझ सशक्त रुपमा संचालन हुन सकोस भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फूलमहम्मद मिया, पर्सा जिल्ला सहकारी संघका सचालक जोखन दास थारु, पर्सागढी नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुकमान तामाङ्ग‚ वडा नं ४ का वडाध्यक्ष शेष खुर्सेद‚ पुर्व वडा अध्यक्ष बेदमन दास थारु, समसुदिन साह देवान , नेफ्स्कुन वीरगन्ज फिल्ड कार्यालयका प्रमुख, लेखा प्रमुख संजय परियार लगायत सहभागिता रहेको थियो भने स्वागत मन्तव्य सल्लाहकार बालकृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रम सहजिकरण  संस्थाको सचिव शिवनाथ यादबले गरेका थिए ।

 

कार्यक्रममा वार्षिक प्रतिवेदन र प्रस्तावित कार्यक्रम संस्थाका अध्यक्ष गोमा कुमारी उप्रेतीले एवं आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष प्रतिमा मानन्धरले गरेका थिए । पछिल्लो आर्थिक वर्षमा संस्थाले  ६ करोड १५ लाख २१ हजार त्रिसठी  रुपैयाको कारोवार गरेको प्रतिवेदन पेश गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close