महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न
वीरगञ्ज । वीरगञ्ज माईस्थानस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गहवा माई मन्दिरको अतिथि सदनमा संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्व सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक प्रद्युम्न प्रसाद सेढाइँले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गौतमले संस्थाको कुल आम्दानी ६ करोड १९ लाख रुपैयाँ र खर्च ३ करोड ७९ लाख रुपैयाँ, सञ्चालन मुनाफा २ करोड ४० लाख रुपैयाँ भएको र सदस्यहरूलाई १८ प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस