सिरहामा १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनायो
महेश सिंह सिरहा लहान २९ असोज – राष्ट्रिय कृषक समुह महासंघले सिरहाको भगवानपुर गाउँपालिकामा १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवस भव्य रूपमा मनाएका छन्।
बिगत लामो समय देखि सिरहाको भगवानपुर गाउँपालिका , लक्ष्मीपुरपतारी गाउँपालिका,धनगढीमाई नगरपालिका,र सखुवानान्कारकट्टी गाउँ पालिकामा करार खेती संचालनमा रहेका छन्।
राष्ट्रिय कृषक समुह महासंघले हरेक हिसाबले पछाडि परिएका दलित गरिब सीमान्तकृत भुमिहिन सुकुम्बासीहरुलाई आत्मनिर्भर बनाउन करार खेती संचालन गरेका छन्।
खास गरेर दलित समुदायमा जिबिको पार्जन गर्न कठनियाई र चुनौतीपूर्ण जिवन बिताई रहेका समुदायलाई आर्थिक स्तर उन्नतिमा वृद्धिको लागी स्थानीय सरकार र केयर नेपालको सहकार्यमा महासंघले ग्रामीण किसानहरुलाई कम जग्गामा बढी उत्पादन र मङ्गय आम्दानी गर्न उन्न्त प्रबिधिको बिउ कृषि औजार खाद्य मल उपलब्ध गराउदै आएका छन्।