शान्ति स्थापनाको माग गर्दै दर्जनौं संस्थाद्वारा शान्ति दिवसमा सहभागी

महेश सिंह सिरहा लहान ५ असोज –

सिरहाको लहानमा ४१ औं अन्तर्राष्ट्रिय शान्ति दिवस भब्य रूपमा मनाएका छन्। हरेक नागरिकमा शान्तिको प्रत्याभूति गराउन समाजिक बिकृती बिसंगति उन्मुलन गराउने उदेश्यले लहानमा न्यायका लागी नागरिक संजालले आयोजना गरेको कार्यक्रममा ओरेक नेपाल,जेसिस,इन्सेक,महिला मानव अधिकार संजाल, TPO,समग्र जनउत्थान केन्द्र लहान,अपाङ्ग पुनर्स्थापना केन्द्र लहान ईलाका प्रहरी कार्यालय लहान लगायत दर्जनौं संघ संस्थाहरुको समन्वय र सहकार्यमा दुर्गा मन्दिरबाट निकालिएको रयाली लहान बजार परिक्रमा गरी सहिद चौकमा कोण सभामा परिणत गरेका थिए। कोण सभाको औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गरेका लहान नगरपालिकाका नगर उप-प्रमुख राम चलितर महतोले सभा समापन गर्दै देशमा शर्यन्त्रकारी गर्नेहरु शान्ति भङ्ग गर्न लागेको भन्दै देशलाई दोन्दको दलदलमा फसाउने हरुको बिगबिगी निकै बढी रहेको चर्चा गरेको थियोे। कार्यक्रममा समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष राम भरी महतोले बिश्व शान्ति दिवस विषयमा बिस्तृत चर्चा गरेका थिए। सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो।

नपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले यो दिवसलाई निरन्तरता दिँदै आएको छ।कुनै पनि देशको विकासको मूल आधार शान्ति हो। विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो।दोस्रो विश्वयुद्धपश्चात् १९४५ मा जारी संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख उद्देश्य नै ‘युद्ध रोकी शान्ति स्थापना गर्नु’ भन्ने छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को प्रस्तावनामा नै ‘अधिकारहरुको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु रहेको’ भनी शान्तिलाई जोड दिइएको छ । शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग बनेको छ । सबै मानव अधिकारहरु शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरु अधिकारको तुलनामा बढी महत्वपूर्ण हुन्छ।तर विश्वमा शान्तिका लागि जति धनराशि खर्च गरिँदैछ त्यो भन्दा कैयौँ गुना बढी सशस्त्रको होडबाजी,आणविक अस्त्र परीक्षण युद्धमा खर्च भइरहेको छ।यसले गर्दा विश्वमा शान्ति स्थापनामा भएका प्रयासहरुमा चुनौती थपिदैँ गएको छ।

संसारमा नै अहिले एकातिर शान्तिको चाहना छ अर्कातिर हिंसाको स्थिति छ।हिंसा र शान्ति दुवै शक्ति हुन्।हिंसाको शक्तिलाई कम गर्न र शान्तिको शक्तिलाई प्रबद्र्धन गर्न विश्व नै लागिपरेको अवस्था छ।तर सार्थक हुन सकिरहेको छैन । शान्ति चाहने तर व्यवहारमा हिंसा गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेको हो । समाजमा शान्ति स्थापना हुन सकेमा मात्र अन्तर्राष्ट्रिय शान्ति दिवसको सार्थकता हुने बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close