६६ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा विरगंजमा महानगरपालिकाले प्रभातफेरी रैली निकाली मनायो

बिरगंज, २० चैत ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सहकारी बलियो बनाउन महानगरले नीतिगत तथा व्यवहारिक रुपमा काम अगाडी बढाएको बताउनुभएको छ ।६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दैनिक कमाएर जीवन निर्वाह गर्नेहरुको सहारा रहेको सहकारीलाई बलियो बनाउन महानगर सँधै तयार रहेको बताउनुभयो ।
तीन खम्बे अर्थ नीति अनुरुप सहकारी एक खम्बा रहेकाले यसलाई विश्वसनीय र सेवा चुस्त बनाउन सहकारीकर्मीहरुले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलमले केही सहकारीका कारण समग्र सहकारी बदनाम हुनु पर्ने अवस्था अन्त्य गर्न सकारी संचालकले बदमासी गर्न नहुने बताउनुभयो ।कार्यक्रममा नेफस्कुन तथा हरेराम पटेलले स्थानीय सरकारले सहकारी दर्ता गरिदिएर मात्रै नभई उनीहरुलाई प्रशिक्षण तथा नियमनमा अग्रसर भइदिनु पर्ने बताउनुभयो ।

कार्यक्रम अघि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ घण्टाघरबाट निस्केको प्रभातफेरी नगरपरिक्रमा पछि पुनः घण्टाघर पुगेर कार्यक्रममा परिणत भएको थियो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थिति विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सहकारीकर्मीको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close