परिवर्तन अभियान नेपाल पर्सा ,मार्फत पर्सागढी नगरपालिकामा संचालित ६० दिने सिलाई कटाई तालिम सम्पन्न ।
चैत १६, २०७९
पर्सागढी नगरपालिका ,पर्सा । परिवर्तन अभियान नेपाल पर्सा मार्फत पर्सागढी नगरपालिका को आर्थिक सहयोगमा वार्ड नं. २ बागवाना मा संचालित ६० दिने सिलाई कटाई तालिम ओैपचारिक समापन कार्यक्रम गरि सम्पन्न भएको छ।
उक्त तालिम समापन कार्यक्रममा आसन्न ग्रहण गरेका कार्यक्रम सभापति संस्थाका अध्यक्ष श्री मनोज कुमार यादव,प्रमुख अथिति नपा प्रमुख श्री गोकर्ण पाठक ,अथिति नपा वार्ड नं. २ का वार्ड अध्यक्ष श्री बिरेन्द्र महतो थारू , वार्ड सदस्य श्री लक्ष्मी बिक ,श्री श्यामसुन्दर चौधरी ,लक्ष्मण आचार्य ,हिरामति पंजियार र वार्ड सचिव राधिका चौधरीलाई प्रशिक्षक श्री मनिषा महतोले खादा ओढाई टिका लाइदिनु भएको र स्वागत मन्तव्य श्री विन्देश्वर साहले गर्नु भएको छ ।
उक्त कार्यक्रममा अथिति गण श्री लक्ष्मी बिक ,राधिका चौधरी ,बिरेन्द्र महतो थारू र लक्ष्मण आचार्य आदिले सिलाई कटाई तालिमको उदेश्य र महतब बारे प्रकाश पारेका छन् । प्रमुख अथिति पर्सागढी नपा प्रमुख श्री गोकर्ण पाठक जीले ६० दिने सिलाई कटाई तालिममा सिकेका सीपको उपयोग गर्दै स्वरोजगार बन्न सहभागीहरूलाई प्रेरणा दिदै यस्तो पुर्नताजगी कार्यक्रम फेरि ल्याउने छौ भनी मन्तव्य व्यक्त गर्नु भएको छ ।
उक्त तालिममा पूर्णरूपले इमानदारीपूर्वक उपस्थित भई ६० दिने सिलाई कटाई तालिमबाट सिकेका सीपको मदतबाट सहभागीहरूले आयआर्जन गर्नुहुनेछ र आगामी दिनमा पनि यस संस्थाले यस्ता तालिम फेरि दिनेछ यति भन्दै यस कार्यक्रम का सभापति परिवर अभियान नेपाल पर्साका अध्यक्ष श्री मनोज कुमार यादवले ६० दिने सिलाई कटाई तालिम समापन कार्यक्रम सुसम्पन भएको छ ।