भगवती बचत तथा ऋष्ण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न
वीरगन्ज, २३ पुुस वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा रहेको भगवती बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ ।
शनिबार नेफकुनका संचालक हरेराम प्रसादको प्रमुख आथित्यतामा र संस्थाका उपाध्यक्ष छटुराउत अहिरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संस्थाका कार्यकारी निर्देशक रामनिवास देहातीले जानकारी दिनुुभयो ।
उक्त कार्यक्रममा विष्ठि अतिथि सुशमा दुबेदी ,जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका महासचिव जिष्णु बराल ,बचत संघ पर्साका कोषाध्यक्ष नग नारायण सिंह
जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका अरुण कुमार साह, सहकारी बैंक वीरगन्जका प्रवन्धक संजय महतो, युवा स्वराज कोषका सुनिल रौनियार, ,वीरगंज बचतका अध्यक्ष डिली बिक्रम काकी,बिन्दवासिनीका बचतका मनु पटेल,चेतना बचतका अध्यक्ष जगबहादुर पटेल,लगायतका उपसतिथि रहेको थियो ।
जयप्रकाश थारु लाई प्रशंसा पत्र सहित समाज सेवा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो ।कार्यक्रम सहजीकारण संचारकर्मी माधुरी महतोले गनुभयो थियो ।