वीरगंजको रानीघाट स्थित गोदाममा प्रहरीको छापा, ९ सय १९ बोरा चामल बरामद

वीरगंज २० पुस । प्रहरीले वीरगंज–११ रानीघाटमा रहेको तीनवटा गोदाममा छापा मारेको छ । बुधबार खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो ।

भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २०,२४ र २६ किलो दरका ९ सय १९ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । यस्तै देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलको गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको उनको भनाइ छ ।

बरामद गरिएका चामलको मूल्य अन्दाजी मूल्य १३ लाख ६० हजार ८ सय रुपैयाँ कायम गरेर आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा पठाईएको उनले जानकारी दिए ।

‘ भन्सार छलेर चामल ल्याई गोदाम भईरहेको छ भन्ने सूचनाको आधारमा टोली खटायौं, कतरनी, जिरामसिनो र बासमती चामल ९ सय १९ बोरा चामल बरामद भईल छ ।’ उनले भने ‘गोदाम सञ्चालकहरुले चामलको बिल विजकहरु देखाउन सकेनन, त्यसैले बरामद गरेर भन्सार पठाएका छौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close