बढ्दो चिसोलाई मध्यनजर गरी बहुदरमाई नगरपालिको वडा नं.७ मा कम्बल वितरण

२०७९-०९-१३ अनुप यादब

वीरगंज – तराई मधेशमा केहि दिनदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गरेर पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा लक्षित समुदायलाई कम्बल वितरण गरिएको छ ।

बहुदरमाई नगरपालिका वडा नम्बर ७ भौराटारको आयोजनमा भएको कार्यक्रममा जाडोबाट प्राभाबित ४ सय जना भन्दा बढी असहाय , गरिब विपन्न , दलित , विपन्न मुस्लिम , जेष्ट नागरिक लगायतका लक्षित समुदायलाई कमल वितरण गरिएको वडा ध्यक्ष बिरेन्द्र प्रसाद यादवले जानकारी गराउनुभएको छ ।

वडाध्यक्ष बिरेन्द्र प्रसाद यादव , वडा सचिव रामयोध्या साह , वडा सदस्य अलिहुसेन देवान , कपिलदेव कुर्मी लगायतको उपस्तिथिमा कम्बल वितरण गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close