पर्सामा बिभिन्न लागुऔषध सहित १६३ जना पक्राउ
तथ्यांक अनुसार श्रावनदेखि पौष महिनाको ७ गते सम्म स्वदेशका १३३ जना पुरुष , ९ जना महिला , विदेशका २० जना पुरुष र १ जना महिला सहित ७१८ किलो प्रतिबन्धित गाँजा , २७ किलो चरेश , ९९ ग्राम खैरो हिरोईन , फेनारगन ५००४ , डाईजिल्याब ५२७२ , नुर्फिम ४९५० , नाईट्रोभेट ट्याब्लेट १७१३३ र १ सय मिलिलिटरको ९२० बोतल कोरेक्स सहित पक्राउ परेका हुन ।
प्रहरीका आर्थिक बर्षको पहिलो महिना श्रावनमा स्वदेशका ३३ जना पुरुष १ महिला र विदेशका ४ पुरुषलाई ९.२ किलो प्रतिबन्धित गाँजा , २ किली चरेश ५ ग्राम खैरो हिरोईन , फेनार्गन १३७० , डाईजिल्याब १६३९ , नुर्फिम १४५८ , नाईट्रोभेट ट्याब्लेट ३५३४ र कोरेक्स १ सय मिलि लिटरका २०६ बोतल सहित प्रकाउ गरिएको छ ।
दोस्रो महिना भाद्रमा स्वदेशका २० जना पुरुष , ३ जना महिला र विदेशका ६ जना पुरुष , १ जना महिला प्रतिबन्धित १७२ किलो गाँजा , १४ किलो चरेश , ५१ ग्राम खैरो हिरोईन , फेनार्गन १४७५ , डाईजिल्याब १४७५ , नुर्फिम , १४७५ , नाईट्रोभेट ट्याब्लेट ३३१ र १ सय मिलि लिटरको ५७३ बोतल कोरेक्स सहित पक्राउ परेका पर्सा प्रहरीले जनाएको हो ।
यसैगरी असोज महिनामा प्रहरीले १८.७ किलो प्रतिबन्धित गाँजा १० किलो चरेश २२ ग्राम खैरो हिरोईन , फेनार्गन १७०२ , डाईजिल्याब १७०५ , नुर्फिम १७०५ , नाईट्रोभेट ८७५३ ट्याब्लेट र १ सय मिलि लिटरको ७ बोतल कोरेक्स सहित स्वदेशका ३३ जना पुरुष , ३ जना र बिदेशका ४ जना पुरुष पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
कार्तिकमा स्वदेशका २५ पुरुष , २ महिला र विदेशका ३ पुरुष प्रतिबन्धित गाँजा ७ किलो , खैरो हिरोईन १ ग्राम , फेनार्गन ४२४ , डाईजिल्याब ४२० , नुर्फिन २७९ , नाईट्रोभेट ट्याब्लेट ३३२७ र १ सय मिलि लिटरको ११२ बोतल कोरेक्स सहित प्रकाउ परेका उहाले बताउनुभयो ।
मंसिरमा स्वदेशका १३ पुरुष र विदेशका ३ पुरुष प्रतिबन्धित गाँजा १४३.५ किलो , चरेश २ किलो , फेनार्गन २३ , डाईजिल्याब २३ , नुर्फिम २३ , नाईट्रोभेट ट्याब्लेट ७१३ र १ सय मिलि लिटरको कोरेक्स २२ बोतल सहित परेको जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्यांकमा उल्लेख छ ।
यसैगरी पौष महिनाको ७ गते सम्म प्रहरीले प्रतिबन्धित गाँजा ३६७ किलो , खैरो हिरोईन २० ग्राम , फेनार्गन १० , डाईजिल्याब १० , नुर्फिन १० , नाईट्रोभेट ४७५ ट्याब्लेट सहित स्वदेश का ९ सहित १० जना पुरुष पक्राउ परेका पर्सा प्रहरीको तथ्यांकमा उल्लेख गरिएको हो ।