जथाभावी सवारी पार्किङ गर्नेलाई ५ हजार जरिवाना

वीरगञ्ज, ३ पुष । फुटपाथ, सडक र नाला अतिक्रमण गरेर राखिएका विभिन्न सामग्री हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ ।

अतिक्रमणमुक्त सहर बनाउने अभियाननै चलाएर वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानमा सडक, फुटपाथ र नाला घेरेर राखिएका सामग्रीहरु हटाउने कार्यलाई निरन्तरता दिएको हो ।

अभियानअन्तर्गत आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा पर्ने इनरवाईपासको ४० फिटे बाटो क्षेत्रमा अतिक्रमण गरेर राखिएका सामग्रीहरु हटाएको छ ।

उक्त क्षेत्रको सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न अफ्ठ्यारो हुनुका साथै सवारी दुर्घटनासमेत हुँदै आएको थियो । अतिक्रमण हटेसँगै यस्ता समयसाहरु समाधान हुने विश्वास लिइएको छ ।

महानगरले दुई दिन लगाएर अतिक्रमण हटाएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली समितिका संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।

अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सरफुद्दिन मियाँसहितको टोली, नगर प्रहरी इन्चार्ज हरि भुषालको कमाण्डमा खटिएको टिम तथा बसपार्क प्रहरी चौकीका प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close