नेपाल निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

महेश सिंह सिरहा लहान ३ पुष – नेपाल निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरिएको छ।सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा सुभ कामना कार्यक्रम गरिएको हो। नेपाल निजामती कर्मचारी संगठनका सिरहा अध्यक्ष राज कुमार रायको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राम शंकर यादव रहनु भएको थियो।बिशिस्ट अतिथिहरुमा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह कोईरी,राज कुमार गुप्ता राजुु,राजेन्द्र प्रसाद चौधरी,लगायत सदस्यहरुलाई सम्मान गरिएको थियोे।

कार्यक्रममा नेकपा एमालेका युवा नेता राम नारायण महतो नेतृ रिता यादव नेपाल निजामती कर्मचारी संगठन बिधान केन्द्रिय सदस्य कृष्ण देव यादव किशुन,मधेस प्रदेश उपाध्यक्ष बिमला थापा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे। कार्यक्रममा प्रमुख अतिथि यादवका अनुसार देशमा भ्रष्टाचारी उन्मुलन गर्न सकियो भने अनी मात्र देश बिकासमा फडको मार्ने बताए।जनताले कर्मचारीको सेवाबाट खुशी हुनुपर्छ ताकि सेवाग्राहीले भन्नसकियोस कि सरकारी कार्यालयहरुमा काम सहज र सजिलै तरिकाले हुने गरेको छ।

त्यो सहजताको वातावरण बनाउन कर्मचारी बर्गमा अनुरोध गरेका थिए। आफू हरु कर्मचारी हरेक समस्या सामाधान गर्न तत्पर रहने सफलता सुभ कामना दिएका थिए। बिशिस्ट अतिथि राज कुमार गुप्ताको अनुसार राजनीति स्थिरता ल्याउन सम्पुर्ण देशबासीको जिम्मेवारी रहेको बताए। नेपालको राजनीति कठिन मोडमा रहेको चर्चा गर्दै सार्वभम सम्पन्नता ल्याउन कठिन रहेको बताए।जनताको प्रतिक्षमा बने नेताहरुको जनताको अबस्था त्यसपछि सुधार हुनुपर्नेमा जोड दिएका किसानको बासतबिक्ता राजनीतिमा जातीयता कार्गर हुदैन बताए। आत्मीय रूपले ग्रहण गर्नु पर्ने राष्ट्रिय स्थितरता हुनुपर्ने र पार्टीबाट माथीबाट उठेर काम गर्न सम्पूर्ण प्रदेश सभा सदस्यहरुको अनुसुचीको लागी अधिकार लिन हामी कटीबध रहने बताए। शत्रुधन महतोका अनुसार पाँच दलिय गठबन्धन पेलडुलम भएको हो।

देशको मालीक जनता रहेको हामी सबै जनता को काम गर्न हमेसा तत्पर रहने प्रतिबद्धता जनाए हुन्। कमि कमजोरीको निति निर्माण गर्ने तयार रहेको जनाए। प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीका अनुसार देशमा भ्रष्टाचार रोग जस्तै पलाएको अवस्था छ।भ्रष्टाचार देशमा उन्मुलन गर्न सकियो भने देश नयाँ बिकासको गति लिने बताए। कार्यक्रममा सयौं कर्मचारीहरुको उपस्थिति रहेको आयोजकले जनाए। कार्यक्रमको उदघोष नेपाल निजामती कर्मचारी संगठनका मधेस प्रदेश उपाध्यक्ष बिमला थापाले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close