नेपाल पिछडावर्ग (OBC) महासंघ मधेस प्रदेश कार्यसमितिको कार्यालय उदघाटन
मङ्सिर-२८, जनकपुरधाम, नेपाल पिछडावर्ग (OBC) महासंघ मधेस प्रदेश कार्यसमितिको कार्यालय एक कार्यक्रमको बिच मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री मा. भरत प्रसाद साहले उदघाटन गरेका छन ।
नेपाल पिछडावर्ग (OBC) महासंघलाई अधिकार सम्पन्न बनाउन, विभिन्न समयमा भएको सरकार संग समझौता कार्वान्यन गराउन, पिछडावर्गको मागहरू पूरा गराउन मेरो पनि सहयोग, समर्थन रहने सथै म आफै यसै वर्ग भित्र पर्ने भएकोले सक्रिय सहभागिता रहने मन्त्री साहले बताए ।
नेपाल पिछडावर्ग (OBC) महासंघ २०५५ सालमा स्थापना भई पिछडावर्ग भित्र पर्ने जातजातिहरुको हक अधिकारको लागि लाडाई गर्दै केही अधिकार प्राप्त भएको, केहि अधिकारको लागि सरकार संग सम्झौता भएको र धेरै अधिकारहरु बाकी रहेकोले सशक्त रुपमा दवाव, वकालत, पैरबी एवं आन्दोलन मार्फत अधिकार सम्पन्न पिछडावर्ग बनाउनु पर्ने केन्द्रिय अध्यक्ष ठाकुरले बताए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ मिल्स एरियामा नेपाल पिछडावर्ग (OBC) महासंघ मधेस प्रदेश कार्यसमितिको प्रदेश संयोजक शिव कुमार साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुर, रामचन्द्र महतो, राजेश्वर साह, उमेश ठाकुर, शत्रुधन साह, पुर्व वडा अध्यक्ष रामचन्द्र साह, बिनोद मण्डल लगायत ओबिसी कार्यकर्ता, पत्रकार एवं प्रहरी प्रसासनको सहभागिता रहेको थियो ।