कान्तिपुर सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न
अनुप यादब
वीरगंज २४ मंसिर । वीरगंज स्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा एक भव्य समारोहका बिच शनिवार सम्पन्न भएको छ । कुमु प्यालेस वीरगंजमा भएको कायईक्रममा राष्ट्रिय सहकारी बैंकका कार्यकारी अध्यक्ष के.बी उप्रेतीले पानसमा दीप प्रज्जवलन गरी कार्यक्रमको उदघाटन गरेका थिए ।
कान्तिपुर साकोसका प्रबन्धक जिष्णु बरालको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथिहरुमा राष्ट्रिय सहकारी बैंकका संचालक रामबाबु यादब, राष्ट्रिय सहकारी बैंकका संचालक विश्नाथ मंडल, नेफ्स्कूनका संचालक हरे राम प्रसाद पटेल, अतिथिहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका अध्यक्ष राजेश पंडित, निबर्तमान संचालक राष्ट्रिय सहकारी बिकास बोडका शम्भु प्रसाद गुप्ता, सि.म.सिका अध्यक्ष चन्देश्वार प्रसाद चौरसिया लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
कार्यक्रममा संस्थाका प्रबन्धक जिष्णु बरालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सेयर सदस्यहरुको साथ सहयोगले गर्दा संस्था आजका दिन सम्म आईपुग्दा प्रगतीपथमा अगाडि बढिरहेको जानकारी गराए । सो अवसरमा उहाँले सदस्यहरुलाई बधाई तथा धन्यवाद ज्ञापन व्यक्त हुदै संस्थाले आगामी दिनमा मोबाईल बैकिङ्ग, क्युआर कोड जस्ता प्रविधिमा अगाडी बढदै जाने सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने, सेयर पुँजी वृद्धि गर्ने, सहकारीको मुल्य मान्यता र सिद्धान्तको पालना गर्ने कुरामा जोड दिएका थिए ।
सो कार्यक्रममा नियमित बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सो कार्यक्रमको सहजीकरण संचारकर्मी उज्वाल घिमेरेले गरेका थिए ।