महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २२औं साधारण सभा सम्पन्न
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा आज बिहिबार गहवामाई मन्दिरको अतिथी सदनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा उपाध्यक्ष अमर राजभणारीले स्वागत मन्तव्य व्यक्त
गरेका थिए भने आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले संस्थाको कुल आम्दानी रु.५ करोड ६९ लाख, खर्च रु. ३ करोड ०५ लाख संचालन मुनाफा रु.२ करोड ६४ लाख भएको र सदस्यहरुलाई १८% प्रतिशत लाभांश वितरण गर्न संस्था सफल भएको समेत जानकारी गराउनु भयो ।
संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत गहवामाई मदिरको अतिथी सदनलाइ सौन्दर्यकरणको लागि रु ६ लाख ३९ हजार दिने समेत निर्णय गरिएको अध्यक्ष गौतमले जानकारी गराए ।
कार्यक्रममा प्रमुख अतिथि पर्सा बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, सेयर धनी सदस्य मोहन सोनार र उपेन्द्र पंडितले शुभकामना व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन अधिवक्ता बालमुकुन्द खरेलले गर्नु भएको थियो ।