अजय द्विबेदी बिरामी पर्दा वीरगन्जका सुबिधा सम्पन्न प्राईवेट अस्पतालमा उपचार नगराएर नारायणी अस्पतालमा भर्ना ।
पुर्व संबिधान सभा सदस्य एवं पटक-पटक नेपाली काँग्रेस पर्साको जिल्ला सभापति हुनु भएको ब्यक्ति अजय द्विबेदी ज्यू बिरामी पर्दा वीरगन्जका सुबिधा सम्पन्न प्राईवेट अस्पतालमा
उपचार नगराएर वीरगन्ज अवस्थित सरकारी अस्पताल नारायणी अस्पतालमा सघन कक्ष (ICU) मा भर्ना हुनुहुन्छ।
पर्सा जिल्लाको बिरलै कोही नेता वा राजनीतिकर्मी यस अस्पतालमा उपचार गराउछन्।
कोरोनाले देश आक्रान्त भएको बेला वीरगन्जका कुनै अस्पतालले कोरोना लगायत सामान्य रोगीलाई समेत उपचार नगरीरहेको समयमा नारायणी अस्पताल प्रसासनले समेत सेवा बंद गरेको बेला यिनै अजय द्विबेदीको पहलबाट नारायणी अस्पतालले सम्पुर्ण रोगीहरुको लागि उपचार सुचारु गरेको थियो।
जसले गर्दा नियमित उपचार गराई रहेका दीर्घ रोगी एवं सामान्य आर्थिक अवस्था भएका, ग्रामीण तथा शहरी भेगका नागरिकले सहजै उपचार गराउन पाए।
पर्सा क्षेत्र नं १ को विकास गर्न, नागरिकले सरकारी निकायबाट चुस्त दुरुस्त सेवा प्राप्त गर्न, सुबिधायुक्त परियोजनाहरु संचालन गर्न, यस्तो ब्यक्तिको आवश्यकता सधै रहन्छ।
अहिले मौका हो राम्रो ब्यक्ति छनौट गर्ने, तपाईंको एक मत (भोट) ले गलत ब्यक्ति छनौट भएमा पाँच वर्ष पछुताउनु बाहेक केही विकल्प रहन्न ! तसर्थ सबैले गरौं अठोट माछा छापमा एक भोट !
आफ्नो प्रतिक्रिया दिनुहोस