वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. गुप्ता प्रबल जनसेवा श्री पदकबाट विभुषित
वीरगञ्ज, ३ असोज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार डुप्ता प्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन् । नेपाल सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न विभुषणमध्ये यस वर्ष प्रबल जनसेवा श्री बाट डा. गुप्ता विभुषित भएका हुन् ।
उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य, महासंघ बैंक तथा इन्सुरेन्स समितिको सहसंयोजक र नेपाल चामल, दाल तेल उद्योग संघको केन्द्रीय अध्यक्ष पनि रहेका छन् । डा. गुप्ताले व्यवसायसँगै सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सरकारले उक्त सम्मान प्रदान गर्न लागेको हो ।
गुप्ता लामो समयदेखि उद्योग व्यापार क्षेत्रमा सक्रिय रहनुका अलावा निजीक्षेत्रको नेतृत्वदायि भूमिकामा छन् । उद्योग व्यापार र निजीक्षेत्रको संस्थागत विकासमा उनको योगदान रहँदै आएको छ ।आउने नयाँ वर्ष बैशाख १ गतेका दिन राष्ट्रपतिको हातबाट उक्त सम्मान प्रदान गरिनेछ