जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न

वीरगंज – अनुप यादब

जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा वीरगंज भिस्वामा सम्पन्न भएको छ । जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगनारायण सिहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

गत वर्षभन्दा ८ करोड बढीको कारोबार गरेको संस्थाका वरिष्ठ कर्मचारी विवेक सिंहले बताए । बजार बाट राम्रो डिपोजिट लियाउने कर्मचारी नवाल गुप्ता ,श्याम कुमार,सिवशंकार कुश्वाहा लगायतका कर्मचारी लाई सम्मान गरेको थियो ।

जिल्ला बचत तणा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित,  सुनिल कर्ण, शम्भूप्रसाद गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए । डा. सद्धाम हुसैन अंसारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण संजय कुमार झाले गरेका भए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close