हरिवनमा नगरस्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न

लालबन्दी | सर्लाहीको हरिवनमा बुधवार नगरस्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।हरिवन नगरपालिका वडा नम्बर ६ स्थित जनसेवा माध्यमिक बिद्यालयको प्रांगणमा ५८ औं राष्ट्रिय बाल दिवशको अवशरमा बक्तृत्वकला कार्यक्रम गरिएको हो । कार्यक्रममा ५ ओटा बिद्यालयको सहभागीता रहेको थियो ।

‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायि सरकार’ भन्ने मुल नारासहित भएको बक्तृत्वकला कार्यक्रममा श्री महादेव जनता माध्यमिक बिद्यालयकी छात्रा सुजाता खनाल प्रथम र छात्र उत्सव आचार्य द्वितिय भएका थिए ।त्यसैगरि जनसेवा माबिकी उर्मिला गोलेले तृतिय पुरस्कार प्राप्त गरिन भने श्री राम अवतार माबिका छात्र गौरव प्रसाद साहले सान्त्वना पुरस्कार पाएका आयोजक युथ प्यानल हरिवकी सदस्य अस्मिता परियारले जानकारी दिनुभयो ।

हरिवन नगरपालिकाको आर्थिक सहयोग र सहयोगी समाज नेपाल, हेल्भेटास र युरोपिएन युनियन (प्रोएल) को सहकार्यमा भएको बक्तृत्वकला कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख (मेयर) कमल बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

आयोजक युथ प्यानलका अध्यक्ष दिपेन्द्र महतोको अध्यक्षता रहेको कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, सहभागी बिद्यालका शिक्षक, बिद्यार्थी र युथ प्यानलका सदस्यहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा बिजयीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close