जनकपुरधाममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल
जनकपुरधाम, साउन २१ : बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ ।
नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए । कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए ।
जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथी बिश्वास नभएको खण्डामा सबैलाई र्फिता पठाईदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन ।
कार्यक्रममा नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका केन्द्रिय अध्यक्ष राजिव झाले खुल्ला सिमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मांगहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए । झाले यस अघि नेपालमा भारत मात्रको चासो रहेकाले दुई देशको सम्बन्ध प्रगाढ रहेको भएपनि चिन सहितका देशहरु नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिर्गान थालेको बताएका छन् ।
चिनको चासो बढेपछि अन्य देशको समेत हस्तक्षेप भई मुख्य असर नेपाल भारतको पौरानिक र नातेदारीको सम्बन्धमा पनि प्रभाव परेको उनको आरोप छ । कार्यक्रममा लोसपा प्रदेश सांसद सुरिता साहले नेपाल भारतको सम्बन्ध दुई देशको सरकार बिचको सम्बन्ध भन्दा पनि जनता र रोटीबेटीको सम्बन्ध रहेकाले सजिलै बिर्गान नसकिने बताए ।
कार्यक्रममा नेता जानकी राम साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका प्रमुख, जउनपा वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार साह, कमला बचाउ अभियानका प्रमुख सहित भारत सितामढीमा गठन भएको नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका अध्यक्ष रोहित झा सहितको सहभागिता थियो ।