मेयर सिंहको विशेष पहलमा त्रिमूर्ति चोकदेखि घण्टाघरसम्म सडक मर्मतको काम सुरु
वीरगञ्ज, 22 साउन । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष पहलमा नगरको मूख्य सडक मर्मतको काम अघि बढेको छ ।
मेयर सिंहको विशेष पहलमा वीरगञ्जको त्रिमूर्ति चोकदेखि मुर्ली चोक हुँदै घण्टाघरसम्म पूर्व र पश्चिम तर्फ ठाउँठाउँमा रहेको खाल्डा खुल्दी पुरेर मर्मत गर्ने काम सुरु भएको हो ।
लामो समयदेखि ममर्तको आभावमा जिर्ण रहेको उक्त सडक खण्डमा दिनहु दुर्घटना हुने गरेको थियो । वर्षायाममा पानी जम्ने समस्याबाट पनि नगरवासी पिडित थिए ।
सडक विभागअन्तर्गत पर्ने उक्त सडकमा महानगरपालिकाले सोझै लगानी गर्न नसकेपनि मेयर सिंहको विशेष पहलमा विभागले आज राती (शनिबार) देखि ममर्तको काम सुरु गरेको बुझिएको छ ।
सडक मर्मतको कामको अनुगमन गर्न मेयर सिंह स्वयम् पुगेका थिए । उनले सडकमा भइरहेको कामको निरक्षण गर्दै प्रयोग भइरहेको सामग्रीको गुणस्तर पनि जाँच गरेका छन् ।
नगरवासीको सुविधाका लागि रात र दिन हेरेर हुँदैन । म काम गर्न आएको हुँ । राती काम गर्दिन भन्ने हुँदैन सिंहले भने, “सडक महानगरपालिकाअन्तर्गत नपरेपनि विशेष पहल गरेर मर्मतको काम सुरु गराएको छु । छिटै सम्पन्न हुने विश्वास छ ।
सिंहले विभागलाई छिटोभन्दा छिटो मर्मतको काम सम्पन्न गर्न आग्रह पनि गरेका छन् ।