मधेश आन्दोलनले गर्दा सबै क्षेत्रमा मधेसीलाई पनि प्रतिनिधित्व गर्न मिलेको वडाध्यक्ष -यादव

वीरगंज – पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलका वडाध्यक्ष बिरेन्द्र यादवले मधेश आन्दोलनले गर्दा सबै क्षेत्रमा मधेशीलाई प्रतिनिधित्व गर्न मिलेको बताउनुभएको छ ।
नेपाल सरकारको सहरी बिकास मन्त्रालयद्वारा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा नव निर्मित सडकको संघीय सांसद हरिनारायण रौनियारले उद्घघाटन गरेपछी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दो जसपा पर्साको जिल्ला सदस्य समेत रहनुभएको वडाध्यक्ष यादवले यस्तो बताउनुभयो ।
उहाले मधेश आन्दोलनले गर्दा देशमा संघीयता आएको र यसले सबै जात जाति भषा भाषीको तथा सबै बर्गको अधिकारलाई सुनिश्चित गरेक बताउनुभयो । मधेश आन्दोला पश्चात मुलुकमा आएको संघीयता कायम भएको र यसले गर्दा पहुच नभएका समुदायले समेत आफ्ना अधिकार सजिलै प्राप्त गर्न सक्ने वातावरण बनेओ बताउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस