रामनगरी सडकको सांसद रौनियारद्वारा उद्घाटन

पर्सा क्षेत्र नम्बर ३ संघीय सांसद हरिनारायण रौनियारले बहुदरमाई नगरपालिका वडा ८ मा पर्ने रामनगरीको नवनिर्मित सडको उद्धघाटन गर्नुभएको ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक बिभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय पर्साद्वारा बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा नव निर्मित सडकको सांसद हरिनारायण रौनियारले उद्घघाटन गर्नुभएको हो ।

त्यहा सडक निर्माण भए संगै त्यस भेगका जनता खुसि भएका छन । आफुहरुलाई हुदै आएको सास्तीको अन्त्य भएको भन्दै सांसद हरिनारायण रौनियारलाई धन्याबाद ज्ञापन गरेकाछन ।

सांसद रौनियारको बिशेष पहलमा उक्त सडक निर्माण भई उद्धघाटन भएर सञ्चालनमा आएको छ । सो उद्घघाटन कार्यक्रममा जनता समाजबादी पार्टि पर्साका अध्यक्ष रामनरेश यादव , , जसपा नेता गौरीशंका आह , महन्थ यादव , रमेश यादव लगायत स्थनीय बासीको उलेख्य सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close