अज्ञात गाडीको ठक्करबाट ८० वर्षिय सिदेयाद राउत अहिर किसानको मृत्यु, दोषी खोज्न प्रहरी उदासीन
वीरगन्ज । आकाशे पानीको चिन्ताले एक किसानको ज्यान गएको छ।
पानीका कारण धान रोप्ने समय बितिसक्दा पनि रोपाइँ गर्न नसकेको चिन्ताले गर्दा हिजो रातिको परेको पानीले धेरै किसानलाई खुसी त बनायो तर त्यो खुसी हेर्न वीरगन्ज २४ का ८० वर्षिय किसान शिवदेयाल राउत अहिर अब यो संसारमा रहेनन् ।
गर्मी र सुख्खाका कारण धानको बीउ मर्नै लाग्दा हिजो अचानक परेको आकाशेपानीमा खेत रोप्न भन्दै अहिर नजिकैको अर्को गाउँमा खेतमा काम गर्न कामदार खोजन आज बिहानै ( बिहिवार) करिब चार बजे घरबाट निस्के तर घर फर्केनन् । एक प्रत्यक्षदर्शी अनुसार बिहान लगभग ४:३० बजे रागढवा चौकमा रातो रंगको सुमोले ठक्कर दिदा अहिरको मृत्युु भएको पारिवारिक श्रोताले बताएको छ।
बिहानै ठक्कर दिएर फरार रहेको गाडी र चालकबारे प्रहरीले कुनै जानकारी जुटाउन नसकेको भन्दै गाडी र चालक तत्कालै खोज्न परिवारजन र गाउको एक समूहले बहुवरी चौकमा टायर बाली चक्काजाम गर्दा केहिबेर अवस्था तनावग्रस्त बन्यो तत्कालै जनपद र ट्राफिक प्रहरीको टोली पुगी विभिन्न आश्वासन दिएर अवस्था सामान्य बनाएका थिए ।
पुरा दिन बितिसक्दा पनि ठक्कर दिने गाडी र चालक बारे जानकारी जुटाउन नसक्ने जिल्ला प्रहरी कार्यालय पर्साले खोजी कार्य भइरहेको र हरसम्भव प्रयास भइरहेको जनाएको छ।