श्रीराम हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न,
वीरगज ३२ असार – वीरगञ्जको विर्तामा सञ्चालित श्री राम हस्पिटलले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा ८ जना महिलासहित ५२ जनाले रक्तदान गरेका छन् ।
हस्पिटलकी सञ्चालिका डा.प्रिती यादबले रक्तदान गरेर कार्यक्रम उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संचारकर्मी नवराज फुयाँल, डा.सुनिल यादब, पुजा पटेल लगायत ५२ जनाले रक्तदान गरेको अस्पतालकी सञ्चालिका डा.दिप्ती यादबले जानकारी दिइन् ।
बढ्दो गर्मीका कारण अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएको र रक्तसंचार केन्द्रमा रगतको अभाव भएकाले अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा रंक्तसंचार केन्द्रले प्राबिधिक सहयोग गरेको केन्द्रका संयोजक सौरभराज पाण्डेले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस