वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले तालिममा सहभागी ४० जना वडाका महिलाहरुलाई स्प्रे ट्यांकी बितरण
वीरगंज -पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा आज शुक्रवार तरकारी खेति गर्ने बारेमा दिईएको तालिम सम्पन्न भएको छ ।
बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलका वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले आयोजना गर्नुभएको तरकारी खेति बारेको तालिम आज सम्पन्न भएको हो । तालिममा सहभागी ४० जना महिलालाई प्रमणपत्र सहित स्प्रे ट्याकी समेत बितरण गरिएको वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउनको हेतु तालीको आयोजन गरिएको र साथै खेति गर्न सजिलो होस् भन्ने उधेश्यले स्प्रे ट्यांकी बितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो
आफ्नो प्रतिक्रिया दिनुहोस