मु.सु प्राबिधिक मा.वि.मा आज पनि छात्रवृति वितरण

वीरगंज – पर्साको वहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा रहेको मुखदेव सुशिला प्राबिधिक माध्यमिक विद्यालयमा शुक्रबार
पनि छात्रवृति स्वरूप छात्र छात्राहरुलाई बिद्यालय पोशाकको कपडा बितरण गरीएको छ । शुक्रबार बालविकास देखि कक्षा ३ सम्म अध्यनरत छात्र छात्राहरुलाई छात्रवृति स्वरूप विद्यालय पोशाक बितरण गरिएको मुखदेव सुशिला प्राबिधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त साहले जानकारी दिनुभयो ।
यसअघि बिहिबार कक्षा ४ देखि कक्षा ८ सम्म अध्यनरत छात्र छात्राहरुलाई छात्रवृति स्वरूप विद्यालय पोशाकको कपडा वितरण गरिएको थियो । छात्रवृति स्वरूप वाडिएको पोशाकलाई हेरेर विद्यालयको पहुच भन्दा बाहिर रहेका बालबालिकाहरु बिद्यालय आउँने तर्फ आकर्सित हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त प्रसाद साहको बिश्वास रहेको छ ।
ग्रामिण क्षेत्रमा शिक्षाको गुणस्तरीयता कायम गरेको एक मात्र सामुदायिक बिद्यालय मुखदेव सुशिला प्राबिधिक माध्यमिक बिद्यालय प्रति अहिले बालबालिकाको आकर्षण बढेको छ । मुखदेव सुशिला प्राबिधिक माध्यमिक विद्यालयका संस्थापक मुखदेव प्रसादको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु पटेल शिक्षकहरु सोहन यादव , जयमंगल चौधरी , जगत नारायण पटेल , रामकुमार साह , दिपु पटेल , शिवगणेश चौधरी त्यसैगरी शिक्षिकाहरु चम्पा देवी ,आरती पटेल ,बबिता गुप्ता ,निलु पाण्डे लगायत विद्यार्थीहरुको उपस्तिथी रहेको थियो ।