सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा सहजै मृत्यु दावी भुक्तानी
श्रीमान गुमाएकी जसन लाई प्रबन्धक महतो द्वारा क्रिया खर्च सहित १४ लाख सहयोग इन्स्योरेन्स क्षेत्रमा लोकप्रिय बन्दै प्रबन्धक महतो महेश सिंह सिरहा लहान ३० असार – वैदेशिक रोजगारमा श्रीमान गुमाएकी सजन महतोलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित सहन महतोलाई क्रिया खर्च सहित १४ लाख रकम सहयोग गरेका छन।
प्रबन्धक महतोले निरन्तर सहज रुपले मृत्यु दावी भुक्तानी दिने गरेका छन्। सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ कलापानी बस्ने रामदत महतो र आमा पानो देवी महतोको ३ छोरा मध्ये जेठो छोरा ३५ वर्षिय बिजय कुमार महतोलाई करिब ४ महिना अगाडि कतारमा मृत्यु भएको थियोे।
घरको आर्थिक अवस्था निकै कमजोर रहेको महतोले वैदेशिक रोजगारमा ४ कतार पुगेका थिए। बिलडिङ्ग निर्माण कम्पनीमा लेबरको काम गर्दै आएका उनी एकासी पेट दुखेर मृत्यु भएको परिवारजनले बताए। कतार स्थित २०७९ बैशाख २२ गते बिजय महतोलाई कतार मै मृत्यु भएको थियो।मृतक महतोलाई एक श्रीमती एक छोरा र ३ छोरी छिन्।
मृतक महतोको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा अभिलेख नम्बर FE 1000294938 रहेका छन्।