वनजंगलको संरक्षण गर्दै विकास निर्माण अगाडि बढछ- वनमन्त्री यादव
वीरगंज, २८ असार/
सङ्घीय वन तथा वातावरणमन्त्री प्रदीप यादवले वनजंगल तथा पर्यावरण जोगाउँँदै विकास निर्माण कार्य अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेका छन् । क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा मंगलवार वीरगंजमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मुख्य अतिथी वनमन्त्री यादवले सो प्रतिवद्धता जाहेर गरेका हुन् ।
“वनजंगल जोगाउदै पर्यावरण बँचाउने हो, यससंगै विकास निर्माण पनि जरुरी छ ।” मन्त्री यादवले अगाडि थपे “विगतमा वन तथा वातावरणसम्बन्धी समस्याका कारण महत्वपुणर् योजनाहरूले गति लिन नसकेको कुरा थाह छ । निजगढ, विमानस्थल, फास्ट ट्रयाक, हुलाकी सडकलगायतका परियोजनाहरू वनको कारण रोकिएको हो । म विकास निर्माणको काम रोक्दिन ।” विकास निर्माणको काम गर्दा एउटा रुख काटिए सयवटा रुख रोपिने योजना बन्नु पर्छ, भन्दै उनले वन विनास नहुने र विकास निर्माणको गति पनि अवरुद्ध नहुने मोडलमा निजगढ विमानस्थल निर्माण हुने बताए ।
थोरै अवधिमा धेरै काम गर्नु पर्ने चुनौतीलाई स्विकारेर जिम्मेवारी सम्हालेको बताउँदै वनमन्त्री यादवले वन सम्बन्धी ऐन कानुनको अध्यायन साथै सम्बन्धीत मन्त्रलयहरू विचको समन्वयमा आफु लागि सकेकोले केही दिन भित्रै परिणाममुखी कामले गति लिने दावि गरेका छन् । बृक्षारोपनको राष्ट्रिय अभियान पर्साबाटै सुरु हुने र मुलुकभरका सवै सडक किनारामा बृक्षा रोपन गरिने उनले बताएका छन् । अनियमित तरिकाले सञ्चालीत क्रसर र वन विनासका गतिविधी लाई कानुनी कठघरामा उभ्याउने दोहोर्याउँदै मन्त्री यादवले तराई-मधेशको अस्थित्वसंग जोडिएको चुरे संरणको निम्ती आफुले अगुवाई गर्ने उदघोष गरे । “चुरे नरहे मधेश रहँदैन, सिमित व्यक्तिको स्वर्थ र शक्तिको आडमा चुरे दोहन भइरहेको छ । अव त्यो चल्दैन” वनमन्त्री यादवको कथन थियो ।
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभाका सदस्य रहेका उनले नारायणी अस्पतालको भौतिक अवस्थ कोमामा पुगिसकेको भन्दै चिन्ता व्यक्त गरे । संघीय सरकारबाट आफुले पारेको बजेट कर्मचारीको बदमासीको कारण अदालतमा मुद्दा चलिरहेको उल्लेख गर्दै मन्त्री यादवले जति सक्दो छिटो अदालतले फुकुवा गरिदिनेमा आफु विश्वास्त रहेको बताएकाछन् । उनले पर्सा जिल्लाको १४ वटै पालिकाबाट सवारी साधनमा बढिमा ३०/३५ मिनट भित्र जिल्ला सदरमुकाम वीरगंज आइपुग्न सक्ने गरि सडक सञ्जालको विकास, विस्तार तथा स्तारोन्नतीमा काम सुरु भइसकेको बताए ।
सो अवसरमा सहभागि सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिंदै जसपाका नेता समेत रहेका यादवले नागरिकता सम्बन्धी आफ्नो दलको धारण तथा मुद्दा यथावत रहेको बताए । संविधानले व्यवस्था गरे बमोजिम नेपाली नागरिकका सन्तानले नागरिकता पाउनु मुद्दा आफुले अदालतमा समेत पुर्याएको चर्चा गर्दै उनले पुरानो नागरिकता विद्येयक झंझटिलो रहेकाले विवाद आएको हुँदा सरकारले फिर्ता लिएर नयाँ नागरिकता विद्येयक प्रस्तुत गर्न लागेको जानकारी दिए । असार मसान्त भित्रै नागरिकता विद्येयक संसदबाट पास गर्ने मन्त्री परिषदको तयारी रहेको मन्त्री यादवले बताएका छन् ।
मन्त्री यादव र वीरगंज महानगरका प्रमुख राजेशमान सिंहलाई फुलमाला पहिर्याई, गम्छा ओडाएर सम्मान पत्र प्रदान गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथी महानगर प्रमुख सिंहले पत्रकारितालाई नकारात्कम टिका टिप्पनी भन्दा पनि सकारात्मक सोचको विकास गर्ने माध्यमको रुपमा विकास गर्नु पर्ने विचार व्यक्त गरे । वीरगंजमा को पत्रकार हो र को पत्रकार होइन, भन्ने यकिन गर्न समेत गाह्रो रहेको बताउँदै उनले पत्रकारितासंग सम्बन्धीत संघ/संस्थाहरूले व्यवासायीक सुदृढीकरण साथै सुद्धिकरणतर्फ जोड दिन आग्रह गरे । आफु स्वागत सम्मानको पक्षधर नरहेको स्पष्ट पार्दै महानगर प्रमुख सिंहले राम्रो काममा निम्ती सकारात्मक सहयोग, सल्लाह तथा सुझावको अपेक्षा गरेकाछन् ।
आयोजक, क्रियाशिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणयकुमार साहको अध्यक्षता एवं महासचिव विरेन्द्रप्रसाद साहले सहजीकरण गरेको कार्यक्रममा मञ्चका सल्लाहकार प्रताप श्रेष्ठले मुलुकको विकास निर्माणमा वन मत्रलय मातहतका कर्मचारी बाधकको रुपमा खडा भएको आरोप लगाए । कानुनसम्मत र प्रकृयागतरुपमा हुने कामलाई पनि वनका कर्मचारीहरुले विभिन्न खोचे थापेर विकास निर्माणलाई बर्षौ पछि धकेली रहेको श्रेष्ठको भनाई थियो । ठोरी क्षेत्रमा हुलाकी सडकले पुणर्ता पाउन नसक्नु साथै शिकारीवासमा विधुतीकरण हुन नसक्नुमा चितवन राष्ट्रिय निकुञ्जको अनावश्यक अवरोध रहेको मञ्चका सल्लाहकार श्रेष्ठले बताए । पछि गर्नै पर्ने कामलाई पनि विलम्ब गरे कमिसन खोज्ने कार्य वनका इकाईहरुबाट भइरहेको उनको आरोप थियो । विश्वका विकशित मुलुकहरूमा पनि निकुञ्ज क्षेत्रबाट सडक, विधुत, रेल्वेलगायतका सेवाहरू सञ्चालन भइरहेको दृष्टान्त पेस गर्दै प्रतीक दैनिकका सम्पादक समेत रहेका श्रेष्ठले यस विषयमा सम्बेदनशिल रहन र भ्रष्टचारको सञ्जाल तोडी नयाँ अध्यायको सुरुवात गर्न वनमन्त्री यादवलाई आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्ष आनन्द पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । होटल मकालुमा आयोजित कार्यक्रममा मञ्चका सल्लाकार मनोज उपाध्याय र मोहन श्रेष्ठलाई मन्त्री यादवले सम्मान गरेका थिए ।