पर्साको विश्रामपुरमा जलाउदै गरिएको शव प्रहरीको नियन्त्रणमा

प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरमा जलाउदै गरिएको एक किशोरीको शव नियन्त्रणमा लिएको छ । प्रहरीले बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुर बस्ने श्यामबाबु प्रसाद कलवारकी १४ बर्षीय किशोरीको शव बुधबार गएराती अर्धजलेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी उपरीक्षक रमेश बस्नेतको अनुसार शव पोष्टमार्टमको लागी वीरगंज स्थित नारायणी अस्पतालमा राखिएको छ ।

गोप्य तरिकाले लुकाई रातिको समयमा शव जलाउने मृतक किशोरीका बुवा , दाजुभाई र आफन्त फरार भएका छन । प्रहरीले मृतक किशोरिकी आमा , दिदि र ठुली आमालाई पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएको छ ।  प्रहरी नियन्त्रणमा रहेका तिनै जनासंग सोधपूछ गरी घटनाको प्रारम्भिक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।

बिष सेवन गरी आत्महत्या गरेकी किशोरी महिमाको शव अभिभावक र आफन्तले पोष्टमार्टम बिना नै घटना लुकाउने उदेश्यले रातिको समयमा गोप्य रुपले जलाउन लागेको बिशेष खबर प्रहरीलाई प्राप्त भएपछी प्रहरी घटना स्थलमा पुगेर शव नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

घटना स्थलमा पुगेको पर्सा प्रहरीको श्म्सानघाबाट अर्धजलेको अवस्थामा शवलाई नियन्त्रणमा लिएको छ भने शव जलाउने फरार भएकोले पक्राउ गर्न नसकिएको र उनिहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी उपरिक्षक बस्नेतले शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने र त्यसैको आधारमा अनुसन्धान प्रकृया थप अगाडि बढाइने बताउनुभयो ।

मृतक किशोरीका छिमेकीका अनुसार , महिमा गाँउकै एक युवकसंग प्रेम सम्बन्धमा रहेका कारण अभिभावकले उनलाइ मनसिक र शारिरिक याताना दिदै आएका थिए । त्यहि कारण महिमाले बुधबार राति विष सेवन गरि आत्महत्या गरेको र मृत्यु पछि अभिभावकले प्रहरीलाइ खबर नै नगरि शव शम्सानघाटमा लगेर जलाउन लागेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close