विद्यार्थीलाई क्षमता अभिवृद्धि गर्न शैक्षिक मेला

२०७९ असार १५ गते  लहान { महेश सिंह }

लहान मनाेकामना मध्यमिक विधालय द्वारा शैक्षिक मेला सम्पन्न असार १५ मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रमोद यादवले शिक्षामा सबैको पहुँच सहज हुनुपर्ने बताएका छन्।

सिरहाको लहान मनाेकामना मध्यमिक विधालय लहानमा शनिबार शैक्षिक मेला २०७९’ मा प्रमुख अतिथि रहेको मन्त्री मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने ”शिक्षामा चाहे त्यो निजी विद्यालय होस् अथवा सामुदायिक विद्यालय होस् त्यो विद्यालयले कसरी राम्रो सर्भ सुलभ तवरबाट हाम्रो समाजका निमुखा विपन्न र गरिब नागरिकहरुको छोराछोरीले शिक्षामा सहज पहुँच कसरी गर्छ ? त्यसमा पनि गुणस्तरीय प्राविधिक शिक्षा सबैले आफ्नो तवरबाट गुणात्मक पहलमा लाग्नु पर्छ ।’ मनकामना माध्यमिक विद्यालय परिसरभित्र आयोजना भएको मेलाले मुख्यतया विद्यालयका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र सूचना तथा प्रविधिमा उनीहरुको बुझाइ र क्षमताको खोजीमा केन्द्रित रहेको कार्यक्रमको आयोजक लहान मनाेकामना स्कुलकाे प्रिन्सिपल बद्री नारायण चाैधरीले जनाएको छ ।

कार्यक्रमका अध्यक्षता र आयोजक भोलाजित नेपालले महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको भनाईको उदाहरण दिदैं भने ‘जन्मेको सबै बच्चा विशेष, मेधावी र उत्कृष्ट हुन्छ, खाली तिनीहरूले सहि समयमा सहि मौका पाउनुपर्छ, र त्यो मौका लहान मनकामना माध्यमिक विद्यालय लहानका प्रिन्सिपल बद्री नारायण चौधरी सरले दिनुभएको छ । जसका कारण लहानका विद्यार्थीहरुले आफ्नो आविष्कार हामीमाझ पश्केका छन् ।’ विज्ञान र कला प्रदर्शनी मेलामा आफ्नो आविष्कार प्रस्तुत गरेका मध्ये उत्कृष्ट ३ विद्यालयका विद्यार्थीहरुलाई आयोजकले शिल्ड समेत दिएका छन्।

प्रथम हुने हिमालयन विद्या निकेतन जसले ‘रोबोट तथा हिमालयन विद्या निकेतनको पुरै नक्सा सहितको घर बनाएको थियो, दोस्रो हुने मनकामना विद्यालयका विद्यार्थीहरुले ‘द ग्रीन सिटी’ बनाएको थियो, र तेस्रो हुने ओम सनराइज बोर्डिङ स्कुलले ‘एलो हाउस तथा लिक्विड हाइड्रोलिक’ बनाएको थियो। कार्यक्रममा मधेश प्रदेशका क्षेत्र नं-१ ‘ख’ प्रदेश सांसद अशोक यादव, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, प्रदेश नं-१ का पूर्व मुख्य न्याधिवक्ता चुडामणि आचार्य, कान्तिपुर कलेज विराटनगरका प्रमुख भुवन नेपाल र सगरमाथा कलेज विराटनगरका प्रमुख कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा विद्यार्थीहरुले २५ वटा स्टलहरु मार्फत आफ्नो प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरेका थिए साे कार्यक्रमबाट अभिभावकहरु खुशीले प्रसंसा गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close