लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध जनचेतना कार्यक्रम समपन्न

मानव अधिकार तथा शान्ति समाज पर्साले आज अन्तर्राष्ट्रिय लागू अौषधको अवसरमा लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको उपलक्ष्यमा जनचेतनामूलक कार्यक्रम समपन्न गरेको छ।

मानव अधिकार तथा शान्ति समाज पर्साका अध्यक्ष प्रेम पटेलको अध्यक्षता तथा बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईको प्रमुख आतिथ्यमा सो कार्यक्रम समपन्न भएको हो ।प्रमुख अतिथि चौगाईले अहिले युवाहरु लागू अौषध तथा कुलतमा फसिरहेकोले यसबाट वचन र सचेतना गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको बताए ।अभिभावकहरुको चाहना पूरा गर्ने हो भन्ने यस्ता कुलतबाट टाटा रहनुपर्ने चौगाईको धारण रहेको छ। कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक प्रकाश बस्नेत ,त्रिजुद माविका प्रअ हरेन्द्र प्रसाद कुर्मी ,शिक्षक रवि चौरसिया,पत्रकार सुर्य वि. क. लगायतले आ- आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा कक्षा ८ देखि १० कक्षा समका विद्यार्थीहरु सहभागी रहेको थियो ।कार्यक्रमको सहजिकरण विवेक कर्णले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close