वीरगन्जका नीजी विधालयको मनोमानी विरुद्ध अभिभावकहरु आन्दोेलित

वीरगन्ज,११असार : वीरगन्जमा रहेका नीजी विधालयहरुले विधार्थीहरुसंग आफुखुशी विभिन्न शीर्षकमा अनावश्यक शुल्क असुल्दै आएको विरोधमा अभिभावकहरुले आन्दोलनको तयाारी थालेका छन् ।
वीरगन्जको ओम पार्टी प्यालेशमा शनिबार भेला भएका नीजी विधालयका विधार्थीहरुका अभिभावकहरुले आन्दोलनको तयारी थालेका हुन् । त्यसका लागि उनिहरुले संघर्ष समिति नै गठन गरेका छन ।
अभिभावकहरुको भेलाले सन्दिप कुमार साहको संयाोजकत्वमा अभिभावक संघर्ष समिति गठन गरेका हुन् ।
३५ सदस्यिय समितिको सहसंयोजकमा लक्ष्मण प्रसाद साह , सचिवमा धर्मेनद्र पासवान , सहसचिवमा सरोज यादव र कोषाध्यक्षमा बिरेश कुमार जयसवार रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस