जिल्ला समन्वय समिति पर्साकाे बजेट तथा योजना छलफल कार्यक्रम समपन्न
शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जि. स. स. पर्सा ,एनसिइ नेपालको आयोजना र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साकाे सहकार्यमा स्थानीय तहको बजेट तथा योजना शिक्षालाई प्रथामिता बिषयक छलफल कार्यक्रम समपन्न भएको छ।
सामाजिक संस्था जिल्ला समन्वय समितिको सभा हलमा आयोजित सो छलफल कार्यक्रमको उदघाटन पोखरीया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानले गर्नु भएको थियो ।कार्यक्रममा नगर प्रमुख चौहानले पोखरीया नगरपालिका भित्र रहेको सामुदायिक बिधालयहरुमा अध्यापन गरिरहेका विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गर्नुको साथै उच्च शिक्षाका लागि नगरपालिकाले पहल गरिरहेको धारणा राख्नुभएको थियो।
उहाँले आफू निर्वाचित भए देखि नै शिक्षाको लागि पहल मात्र होइन कि शिक्षाका लागि बजेट नै विनियोजन गर्ने तयारी रहेको बताउदै शिक्षा भनेको यस्तो हो जुन विश्वले मानिआएकोले यसलाई उच्च प्राथमिकता आफुले दिएको नगर प्रमुख चौहानको भनाइ रहेको छ। उहाँले शिक्षा स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत सुधार गर्ने योजना बनाएको बताए ।
त्यसैगरी बिन्दबासिनी गाउँपालिका प्रमुख प्रमोद तिवारीले आफू शिक्षा क्षेत्रमा काम गरेकोले शिक्षाको बारेमा धेरै समस्या थाहा भएकोले आफ्नो पालिकाले शिक्षाको बारेमा आगामी दिनमा राम्रो काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। शिक्षा संगसगै स्वास्थ्य पुर्वधार लगायतमा काम गर्ने तयारी रहेको गापा प्रमुख तिवारीको भनाइ रहेको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका संयोजक रामप्रवेश प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।कार्यक्रमको स्वागत मनतब्य सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले गर्नु भएको थियो भने कार्यक्रमको प्रस्तुति बृजकिशोर पटेलले गर्नु भएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सन्जिब मिश्रा र विभिन्न पालिकाका उपाध्यक्ष वडा अध्यक्षहरु सामाजिक अभियानताहरु पत्रकार लगायतको उपस्थित रहेको थियो।कार्यक्रमको सहजिकरण सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रवेश साहले गर्नु भएको थियो ।